कोलकाता, 16 नोभेम्बर : पश्चिम बंगालमा करोड़ौंको राशन वितरण मामिलाको जॉंच गरिरहेको प्रवर्तन निदेशालय (ईडी) ले कथित घोटालाको आयसित सम्बन्धित 55 करोड़ रूपियॉंभन्दा धेरै राशि ट्रान्सफरको पत्तो लगाउन सक्षम बनेको छ। यस मामिलामा पक्रा परेका बकीबुर रहमानसॅंग सोधपुछपछि उक्त जानकारी अघि आएको छ।
कोलकाता निवासी व्यवसायी रहमानले छवटा फर्जी कम्पनीको माध्यमद्वारा फण्ड डाइभर्ट गरेका छन्। एक अधिकारीले भने, रहमानले उक्त छवटा फर्जी संस्थाहरूको माध्यमद्वारा जुन राशि निकाले त्यो 55 करोड़ 50 लाख 77 हजार 550 रूपियॉं रहेको छ।
ईडीले यी फर्जी संस्थाहरू मध्ये प्रत्येकको माध्यमद्वारा डाइभर्ट गरिएको रकमको विवरण पनि पत्तो लगाएको छ। अधिकतम फण्ड लगभग 14.13 करोड़ रूपियॉं एउटा लुगा एवं परिधान व्यापार एकाईको माध्यक्षद्वारा डाइभर्ट गरिएको थियो।
घोटालाको लगभग 23 करोड़ रूपियॉंको रकम तीन फर्जी कर्पोरेट संस्था श्री हनुमान रियलकन प्राइवेट लिमिटेड, ग्रेसियस इनोवेटिव प्राइवेट लिमिटेड र ग्रेसयन क्रिएशन प्राइवेट लिमिटेडको माध्यमद्वारा डाइभर्ट गरिएके थियो।
सूत्रहरू अनुसार, रहमानले केही एकाईहरू स्वयं स्थापित गरेका छन् भने केही एकाई उनीहरूका मालिकबाट किनेका छन्। उनले आफ्नो परिवारका सदस्य, आफन्त र सहयोगीहरूलाई संस्थाको निदेशक र भागीदार बनाएका छन्।
