खरसाङ, 02 जनवरी (हि.स.)। खरसाङको वार्ड नम्बर 7 अन्तर्गत धोबी खोला छेउदेखि मिडल शेर्पा बस्तीसम्म जाने बाटोकाे निर्माण कार्यको थाल्नी खरसाङ नगरपालिकाद्वारा गरिएको छ। खरसाङ देवराली समष्टीको सभासद श्याम शेर्पा र खरसाङ खण्ड पञ्चायात समितिकाे सभापति अनु प्रधान साथै गाउँवासीकाे विशेष उपस्थितिमा पूजापाठ गरी सभासद श्याम शेर्पाको बहुलीबाट नरिवल फुटाएर कार्यकाे थालनी गरिएको जानकारी प्राप्त भएको छ।
उक्त कार्य नगरपालिकाको अभियन्ता सञ्जय थापाकाे निगरानीमा हुनेछ भने ठेकेदार योगेश गुरुङ रहेको बताइएको छ। यस कामबारे सभासद श्याम शेर्पाले जानकारी गराए अनुसार, धोबी खोला छेउदेखि माथिल्लो गाउँ लोवर शेर्पा बस्ती निवासीहरुलाई यो बाटोले धेरै फाइदा हुनेछ, कारण यो सटकर्ट बाटोले समयकाे बचत साथै मानिसहरूलाई सुविधा हुनेछ। तर बाटो बनाउने जग्गा नभएकोले झोडा छेउछाउ र झोडामाथिबाट बनाउनु पर्ने हुँदा धोबी खोला गाउँलेहरुले यसको विरोध जनाएको थियो, कारण बर्खा याममा झोडा बन्द भएर पानी सबै धोबी खोला गाउँतिर पस्ने सम्भावना दियो।
हिन्दुस्थान समाचार/ हनोक
