चण्डीगढ़, 16 नोभेम्बर : पञ्जाब पुलिस अनि बीएसएफले बिहीवार सीमावर्ती क्षेत्रमा खोजी अभियान सञ्चालन गरी लगातार तेस्रो दिन पनि पाकिस्तानी ड्रोन जफ्त गरेको छ।
बीएसएफ प्रवक्ता अनुसार पञ्जाब पुलिससित मिलेर तरनतानर जिल्लागो कलाश हवेलिया गाउँमा खोजी अभियान सञ्चालन गरियो। यहाँबाट डीजेआई माविका-थ्री क्लासिक ड्रोन जफ्त गरियो। यो ड्रोन चीन निर्मित हो। पछिल्ला केही समयदेखिकै भारतीय सेनाले सीमावर्ती क्षेत्रबाट चीन निर्मित ड्रोन जफ्त गर्दै आएको छ। बीएसएफले ड्रोनलाई जाँचको लागि एफएसएललाई सुम्पिदिएको छ।
