नयॉं दिल्ली, 01 दिसम्बर (हि.स.)। सार्वजनिक क्षेत्रको तेल एवं ग्यास विपणन कम्पनीहरूले शुक्रवार कमर्शियल ग्यास सिलेन्डरको मूल्यमा 21 रूपियॉंको वृद्धि गरेको छ। यद्यपि, घरेलू ग्यासको दाममा कुनै वृद्धि गरिएको छैन। कमर्शियल ग्यास सिलेन्डरको नयॉं दर लागू भएको छ।
इण्डियन ओएलको वेबसाइट अनुसार, राजधानी दिल्लीमा 19 किलोग्रामको कमर्शियल ग्यास सिलेन्डरको दाम 1775 रूपियॉंदेखि बढेर 1796.50 रूपियॉं भएको छ। मुम्बईमा अब कमर्शियल ग्यास सिलेन्डरको दाम 1,749 रूपियॉं, चेन्नईमा 1,968.50 रूपियॉं र कोलकातामा 1,908 पुगेको छ।
उल्लेखनीय छ, यस अघि एक नोभेम्बरमा तेल एवं ग्यास विपणन कम्पनीहरूले कमर्शियल ग्यासको दाममा 100 रूपियॉंको वृद्धि गरेको थियो। त्यसपछि 16 नोभेम्बरमा यसको दाममा 57 रूपियॉं कटौती गरिएको थियो।
हिन्दुस्थान समाचार
