नयाँ दिल्ली, 03 नोभेम्बर : राष्ट्रिय राजधानी दिल्ली सहित वरिपरीका प्रमुख महानगर उत्तर प्रदेशका नोएडा अनि गजियाबादमा हावाले फोक्सोमा आपतकाल लागू गरेको छ। हावा यतिसाह्रो खराब (विषाक्त) भएको छ कि मानिसहरूलाई आँखा पोल्न र सास फेर्न गाह्रो थालेको छ। यसले गर्दा दिल्लीकावासीको अवस्था दयनीय भएको छ।
केन्द्रिय प्रदूषण नियन्त्रण बोर्डले शुक्रवार बिहान पाँच बजे आँकड़ा जारी गरेको छ। उक्त आँकड़ा अनुसार दिल्लीको एक्यूआई गम्भीर श्रेणीको अर्थात 459 पुगेको छ। नोएडमा यो स्तर 418 छ भने गजियाबादको 363 दर्ता गरिएको छ। गए बिहीवार साँझ पाँच बजे दिल्लीको लगभग एक्यूआई 402 दर्ता गरिएको थियो। यसलाई वायु गुणस्तर सूचकाङ्कको सबैभन्दा खतरनाक स्तर मानिन्छ। आज बिहान यसले हिजोको स्तरलाई पनि पछि पारेको छ।
राष्ट्रिय राजधानीमा हावा तीव्र गतिमा विषाक्त हुँदै गइरहेको अवस्थामा गए बिहीवार दिल्ली सरकारले एक महत्वपूर्ण फसेला लिएको छ। उक्त फसेला अन्तर्गत नर्सरीदेखि कक्षा पाँचसम्मका विद्यालयहरूलाई दुई दिनसम्म (तीन-चार नोभेम्बर) बन्द राखिनेछ। तथापि शिक्षा निदेशालयले अनलाइन कक्षा जारी राख्ने निर्देश दिएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गए बिरीवार राती उक्त फसेलाको जानकारी सोशल मीडिया मार्फत दिएका थिए। अर्कोतिर वैज्ञानिकहरूले आगामी दुई सप्ताहमा प्रदूषण झन् बढ़्ने अनुमान लगाएका छन्।
गए बिहीवार दिल्लीका 37 निगरानी स्टेशनहरूमध्ये न्यूनतम 18-को वायु गुणवत्ता सूचकाङ्क (एक्यूआई) गम्भीर श्रेणीमा दर्ता गरियो। पंजाबी बाग (439), द्वारका सेक्टर-8 (420), जहाँगीरपुरी (403), रोहिणी (422), नरेला (422), वजीरपुर (406), बवाना (432), मुण्डका (439), आनन्द विहार (452) र न्यू मोती बाग (406) सहित शहरका कतिपय क्षेत्रहरूमा वायुको गुणस्तरको स्तर गम्भीर श्रेणीमा पुगेको छ।
उल्लेखनीय छ, शून्यदेखि 50- सम्मको एक्यूआई श्रेष्ठ, 51 देखि 100 –सम्मको सन्तोषजनक, 101 देखि 200 -सम्मको मध्यम, 201 देखि 300-सम्मको खराब, 301 देखि 400-सम्मको औधी खराब तथा 401 देखि 500 -सम्मकोलाई गम्भीर श्रेणीको मानिन्छ।
