गुवाहाटी, फरवरी : मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, म जिउँदो रहुञ्जेलसम्म मुसलमान नानीहरूको व्यापार हुन दिने छुइनँ। उनले भने, आगामी वर्ष 2026- सम्ममा उनले असममा मुसलमान नानीहरूलाई लिएर भइरहेको व्यापारलाई बन्द गरी छाड्नेछन्। मुख्यमन्त्रीले भने, 5,6,7 वर्षका बालिकाहरूको विवाह गरिदिएर उनीहरूको जीवन बर्बाद बनाइदिने यस व्यापारलाई बन्द गरी छाड़्नेछौं।
मुख्यमन्त्रीले आज असम विधानसभाको बजेट सत्रमा विपक्षको हो-हल्लाबीच पनि आफ्नो वक्तव्य राखे। उनले कंग्रेस अनि एआईयूडीएफमाथि आरोप लगाए, यी पार्टीहरूले मुसलमान नाबालिकहरूलाई विवाहको निम्ति प्रेरित गरिरहेका छन्। तर समाजका शत्रुहरूलाई म यस्तो गर्न दिने छुइऩँ। उनले भने, आगामी वर्ष 2026 –सम्ममा राजनीतिक रूपले यस व्यापारलाई जरैदेखि निर्मूल पार्नेछौं।
