कोलकाता, 07 जुलाई (हि.स.)। पश्चिम बंगालमा अर्को नयाँ राजनीतिक विवाद यस्तो समयमा उत्पन्न भएको छ जतिबेला विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले तृणमूल विधायक हुमायुँ कबीरद्वारा एकजना वरिष्ठ सरकारी अधिकारीलाई कुटपिट गरिएको भीडियो सोशल मीडियामा साझा गरे। यो घटना कोलकाताको सल्टलेकस्थित स्वास्थ्य विज्ञान विश्वविद्यालयको कार्यालयमा भएको बताइएको छ।
भीडियोमा देखाइएको पीड़ित व्यक्ति पश्चिम बंगाल स्वास्थ्य विज्ञान विश्वविद्यालय (डब्ल्यूबीयूएचएस)- का असिस्टेन्ट रजिस्ट्रार प्रलय चक्रवर्ती हुन् भने कुटपिटको आरोप लागेको व्यक्ति पश्चिम मेदिनीपुर जिल्लाको डेबरा विधानसभा क्षेत्रबाट तृणमूल विधायक औ पूर्व आईपीएस अधिकारी हमायुँ कबीर हुन्।
शुभेन्दु अधिकारीले यो भीडियोलाई आफ्नो आधिकारिक एक्स (पूर्व ट्विटर) ह्याण्डलमा साझा गरे जसपश्चात यो भीडियो द्रूत गतिमा भाइरल भयो। उनले बताए, यो फुटेज विश्वविद्यालय कार्यालयमा रहेको सीसीटीभी क्यामराबाट प्राप्त भएको हो।
अधिकारीले भीडियसितै जारी गरेको एक बयानमा भने, तृणमूल कंग्रेसका नेताहरूको अहंकार र उद्दण्डता अब सामान्य कुरा भइसकेको छ। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीको शासनकालमा व्याप्त अराजकता र निरंकुशता उसको थप अर्को लज्जास्पद उदाहरण हो।
डब्ल्यूबीयूएचएसको साल्टलेकस्थित कार्यालयमा तृणमूल विधायक हमायुँ कबीरले असिस्टेन्ट रजिस्ट्रार प्रलय चक्रवर्तीलाई उनको कार्यालयभित्रै पसेर गाली मात्र गरेनन् जबकि जुत्ताले हाने, मुक्काले हाने, मानसिक रूपमा प्रताड़ित गरे। अन्ततः अधिकारीलाई त्यहाँबाट भाग्नुपऱ्यो।
उनले यो पनि आरोप लगाए, स्वास्थ्य विभागको तर्फबाट यस मामिलामा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन जुन अत्यन्त दुर्भाग्यपूर्ण छ। अर्कोतिर तृणमूल विधायक हमायुँ कबीरले आफूलाई यस सम्पूर्ण घटनाक्रमपछि मीडियादेखि टाड़ा राखेका छन् साथै पार्टीका सबै वरिष्ठ नेताले यस मामिलामा प्रतिक्रिया दिनदेखि अस्वीकार गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
