इम्फाल, 07 अप्रेल : मणिपुरमा हतियार अनि गोला-बारूदहरू प्रायः दिनहुँ भेटिरहेको छ। यसै क्रममा संयुक्त सुरक्षा बलहरूद्वारा संचालित अभियानको क्रममा व्यापक मात्रामा हतियार अनि गोला-बारूद जफत गरिएको छ।
मणिपुर पुलिसले आज बतायो, सुरक्षा बलहरूद्वारा हिमाली एवं उपत्याका दुवै जिल्लाका सीमान्त एवं संवेदनशील क्षेत्रहरूमा खोजी अभियान अनि क्षेत्र प्रभुत्व संचालन गरियो। खोजी अभियानको क्र्ममा काकचिंग जिल्लाको टेरापिशाकक नातेखोंगबाट दुईवटा एसएमजी कार्बाइन सहित दुईवटा खाली म्यागजिन र चार नम्बर 36 एमएमके 1ए ह्याण्ड ग्रेनेड जफत गरियो। सुरक्षा बलहरूद्वारा सारा राज्यमा छापामारी अभियान संचालन गरिँदैछ।
