हुगली, 18 अगस्त (हि.स.)। मेदिनीपुर शहरका विभिन्न भागहरूमा एकपछि अर्को बहुतले भवनहरू निर्माण भइरहेका छन्। यी भवनहरू निर्माण हुन अगावै बुकिंग पनि भइरहेको छ।केही मानिसहरूले फ्ल्याट खरिद गर्नका लागि लाखौं रुपियाँ खर्च गरिरहेका छन्, तर यिनीहरूमध्ये अधिकांशले नै म्युटेशन गराइरहेका छैनन्। शहरको लगभग 70 प्रतिशत फ्ल्याटको म्युटेशन भएको छैन जसले गर्दा मेदिनीपुर नगरपालिकालाई कठिनाई भइरहेको छ। किनभने म्युटेशन नभएको कारणले कर संग्रह हुन सकिरहेको छैन।
नगपालिकाका अधिकारीहरूको भनाइ छ, यदि म्युटेशन भएन भने कड़ा कारबाही गरिनेछ। यस सम्बन्धमा कैयौं पटक बैठक सम्पन्न भइसकेको छ। विभिन्न फ्ल्याटहरूलाई पत्र पनि पठाइएको छ। तर समस्या समाधान हुन सकेको छैन। नगरपालिका अध्यक्ष सौमेन खानले भने, लगभग 70 प्रतिशत फ्ल्याटहरूको म्युटेशन भएको छैन। नगरपालिका अधिनस्थ धेरैवटा क्षेत्रमा प्रकाशको श्रेष्ठ व्यवस्था गरिएको छ।
सड़कहरूमा प्रकाशको श्रेष्ठ व्यवस्था गरिएको कारणले बिजुलीको बिल बढ़िरहेको छ। नगरपालिकाको काममा तीव्रता ल्याउनको लागि कर्मचारीहरूको नियुक्ति गरिएको छ। सड़क यस अतिरिक्त नगगरपालिकाले आफ्नो पहलमा विभिन्न विकास कार्यहरू गरिरहेको छ। यसबाट नगरपालिकाको खर्चमा कैयौं गुणा वृद्धि भएको छ।
नगरनिगमका अधिकारीहरूको भनाइ छ, मेदिनीपुरमा सयभन्दा धेरै वा थोरै आवासनहरू छन्। लगभग हरेक आवासनमा 30 वटा फ्ल्याट छ, तर तीमध्ये अधिकांशको म्युटेशन भएको छन। ज्ञात रहोस्, मेदिनीपुर नगगरनिगम अधिनस्थ वार्ड नम्बर-6 मा अवस्थित मात्र एउटा आवासनमा 52 वटा फ्ल्याट र पसलहरूको म्युटेशन भएको छैन। यस अतिरिक्त 7, 12, 4 सहित अन्य वार्डहरूमा पनि यो समस्या छ। मेदिनीपुर शहरका बासिन्दा सन्दीप मण्डलले भने, नगरपालिका लापरवाह छ। म्युटेशन नगराउनेहरूविरूद्ध कड़ा कारबाही धेरै अगाड़ि गर्नुपर्थ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
