गुवाहाटी, 28 नोभेम्बर (हि.स.)। गुवाहाटी रेलवे स्टेशनमा आरपीएफद्वारा संचालित एक व्यापक अभियानमा 10 हजार याबा ट्याबलेट जफत गऱ्यो। यस ममिलामा एकजना तस्करलाई पनि पक्राउ गरिएको छ। अधिकारीहरू अनुसार नियमित जाँचको क्रममा संदिग्ध गतिविधि भएको देखिएपछि एकजना व्यक्तिको जाँच गरियो जसकोमा प्रचुर मात्रामा नशालु ट्याबलेट भेटियो।
जांँचमा थाहा लाग्यो, आरोपी मादक पदार्थहरूको अवैध तस्करीमा सक्रिय रूपमा जोड़िएको थियो र यी ट्याबलेट्सलाई राज्यमा सप्लाई गर्ने योजना बनाइरहेको थियो। उसलाई जाँचबुझको लागि हिरासतमा लिइएको छ।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको नशा मुक्त असम अभियान अन्तर्गत राज्यमा नशा विरोधी कारबाही लगातार द्रूत गतिमा अगाड़ि बढ़िरहेको छ। पुलिस अनि आरपीएफद्वारा संयुक्त रूपमा संचालित अभियानले तस्करहरूमाथि प्रभावकारी रोक लगाइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
