इम्फाल, 21 जून (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूले अलग-अलग जिल्लामा चलाएको अभियानमा प्रतिबन्धित उग्रवादी संगठनहरूसित आवद्ध चार जना सक्रिय क्याडरहरूलाई पक्राउ गरेका छन्।
विशेष गुप्त सूचनाको आधारमा जिरीबाम थाना क्षेत्र अन्तर्गत कमरंगा गाउँबाट एनएससीएन (निकी सूमी)- का एक जना सक्रिय क्याडरलाई पक्राउ गरियो जसको पहिचान नुंगबाथाना अन्तर्गत मुक्तिसमजंग गाउँका निवासी गाइसिंगलुंग मेइरिंगमई उपनाम रोनाल्ड (46)- को रूपमा भएको छ। अधिकारीहरू अनुसार आरोपी पैसाको लागि अपहरण औ एनएच-37 मा असुली जस्ता आपराधिक मामिलाहरूमा संलिप्त थियो।
सोही दिन टेंगनौपाल जिल्लाको मोरेह थाना क्षेत्रमा बोर्डर पिलर संख्या- 75 र 74 बीच सुरक्षा बलहरूको एक संयुक्त टीमले प्रीपाक (प्रो) औ पीएलएसित सम्बन्धित दुई जना उग्रवादीहरूलाई पक्राउ गऱ्यो।
पक्रा पर्ने क्याडरहरूमा क्रमैले प्रीपाक (प्रो) नामक संगठनका नामब्रम तबा नुंगशी उपना शिन्थोइबा (19), निवासी: गुते रोड, चुराचाँदपुर जिल्ला तथा पीएलका सदस्य थौनाओजम एन्थनी सिंह (28), निवासी: कदमतला, जिरीबाम जिल्ला सामेल छन्। यसरी नै काकचिंग जिल्लामा काकचिंग तुरेल वांगमा क्षेत्रबाट आरपीएफ/ पीएलएका थप एकजना सक्रिय सदस्य नाओरेम सुरजीत सिंह (49)-लाई मणिपुर पुलिसले पक्राउ गऱ्यो।सिंहको कब्जाबाट एउटा मोबाइल फोन पनि जफत गरिएको छ।
यसबीच चुराचाँदपुर तथा कांगपोकपी जिल्लामा केही संगठनहरूद्वारा डाकिएको बन्दको कारणले जनजीवन प्रभावित भयो। वाहनहरूको आवागमन ठप्प रह्यो। तथापि प्रशासनले शान्ति कायम राख्न अनि कुनै पनि प्रकारको अप्रिय घटनालाई रोक्नको लागि पर्याप्त सरक्षा व्यवस्था गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
