गान्तोक, 20 फरवरी : सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको नागरिक जागरण यात्रा हिजो 19 फरवरीको दिन पाकिम जिल्लाको 18 पश्चिम पाण्डामबाट शुरु गरियो। रम्फूको गेटमा पार्टीका मुख्यमन्त्री उम्मेदवार गणेश राईलाई पाकिम जिल्लाका कार्यकारी अध्यक्ष तथा अन्य नेताहरूले सम्मान जनाएका थिए। उक्त यात्रा आगामी 24 फरवरीसम्म पाकिम जिल्लाका विभिन्न समष्टिमा रहनेछ।
सीएपीद्वारा आज जारी एक प्रेस विज्ञप्तिमा भनिएको छ, डुगा ग्राम पञ्चायतको खानी वार्डमा विभिन्न आगने सभाहरु भएका थिए। यस्तै सिङ्लेबुङ वार्ड पश्चिम पाण्डाममा समेत नागरिक भेटघाट् भएको थियो। आज 20 फरवरीको दिन रेसी वार्ड रिनाक ग्राम पञ्चायतमा नागरिक भेटघाट् औ आगने सभा भयो।
रिनाक समष्टिका विभिन्न ग्राम पञ्चायत युनिटमा सभाहरु भैरहेका छन्। यस दौरानमा धेरै नागरिकहरू पार्टीमा सामेल हुने क्रम जारी रहेको बताइएको छ। स्थानीय नागरिकहरुले अबको विकल्प केवल सिटिजन एक्सन पार्टी सिक्किम रहेको बताउॅंदै यस पार्टीमा बढो चासो देखाइरहेको दाबी गरिएको छ।
