खरसाङ, 28 नोभेम्बर (हि.स.)। 28 नम्बर खरसाङ चिमनी देवराली समष्टि अन्तर्गत मजुवा गाउँमा निर्माण गरिएको सार्वजनिक भवनलाई लिएर इण्डियन गोर्खा जनशक्ति फ्रण्टको आरोपलाई स्थानीय जनप्रतिनिधिहरु र गाउँ समाजद्वारा खण्डन साथै विरोध गरिएको छ। मजुवामा निर्माण गरिएको सार्वजनिक भवन विषयमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको तर्फबाट खेल मैदान बनिन्दै गरेको बेला त्यहीमाथि कसरी सार्वजनिक भवन निर्माण गरियो भन्दै भ्रष्टाचारको आरोप लगाइएको थियो।
उक्त आरोपलाई गाउँवासीकाे पक्षमा पञ्चायत समिति सदस्य दिनेश तामाङ, ग्राम सुधार समिति समाजको सभापति महेन्द्र थापा, सदस्य रन्जित लामा, इन्द्रराज थापा, समष्टि प्रतिनिधि अनिल राई र अन्यले खण्डन गरेका छन्। मिडियालाई सम्बोधन गर्दै उनीहरूले भने, मजुवा क्षेत्र एकदमै दुर्गम क्षेत्रमा पर्छ र अहिलेसम्म एउटा पनि सार्वजनिक भवन बनिएको छैन। गाउँवासीहरुले शुभ, अशुभ कार्य साथै अन्य कार्यक्रम गर्दा धेरै असुविधा भइरहेको थियो।
वर्तमानमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापा साथै क्षेत्रीय सभासद श्याम शेर्पाले भवन निर्माण गरिदिएकोमा गाउँवासीले दुवैप्रिप्रति सदैव आभारी रहेको बताएका छन्। यसका साथै इण्डियन गोर्खा जनशक्ति फ्रण्टका केही सदस्यहरु कसैलाई केही जानकारी नगराई आएर भिडियो बनाएर विभिन्न आरोप लगाएकोमा विरोध गर्दै सबैकाे सरसल्लाह अनुसार सबै जमीनदाताहरुले सार्वजनिक भवनको निम्ति जमीन दान गरेकाे बताएका छन्।
उनीहरूले सबैकाे सरसल्लाहमा सार्वजनिक भवन बनाएको र जिल्ला परिषदकाे योजनामा शौचालय निर्माण गरिएको बताइएका छन्। धेरै वर्षपछि मजुवा बस्तीमा ठूलो सार्वजनिक भवन निर्माण भएकोमा सम्पूर्ण गाउँवासी सबै खुशी भएको बेला बाहिरबाट मान्छेहरु आएर केही कसैलाई सोधखोज नगरी भ्रष्टाचार भयो भन्नु सस्तो राजनीति रहेको र रिस र आरिसकाे राजनीति गरेको बताए।
क्षेत्रीय सभासद श्याम शेर्पा र जीटीए प्रमुख अनित थापाकाे सहयोगमा क्षेत्रमा बाटो, पानी, सार्वजनिक भवन, सोलर लाईट साथै मजुवा बस्तीकाे खेल मैदानलाई पनि समितिद्वारा फेनसिङ्ग गरेर मैदान जाने बाटो बनाई दिइएकाे र अन्य क्षेत्रमा पनि काम गरिदिएकोमा सम्पूर्ण गाउँवासीहरुले आभार प्रक्ट गरेका छन्। उनीहरूले बाहिरकबाट मान्छेहरु आएर शान्तिपूर्ण गाउँमा अशान्ति र भ्रम नफलाई दिन आह्वान् गरेका छन्।
—————
हिन्दुस्थान समाचार / हनोक
