• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > International > श्रीलङ्कामा चक्रवाती आँधी ‘दित्वा’ ले व्यापक विनाश, अहिलेसम्म ६९ जनाको मृत्यु, ठूलो सङ्ख्यामा मानिसहरू बेपत्ता
International

श्रीलङ्कामा चक्रवाती आँधी ‘दित्वा’ ले व्यापक विनाश, अहिलेसम्म ६९ जनाको मृत्यु, ठूलो सङ्ख्यामा मानिसहरू बेपत्ता

CliQ INDIA
Last updated: November 29, 2025 12:11 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

कोलम्बो, २९ नोभेम्बर (हि.स.)। श्रीलङ्कामा चक्रवाती आँधी ‘दित्वा’ ले भीषण तबाही मच्चाएको छ। लगातार परिरहेको मुसलधारे वर्षा, बाढी र पैह्रोका कारण विभिन्न क्षेत्रमा स्थिति अत्यन्त गम्भीर बनेको छ। यस प्रकोपका कारण मृतकहरूको संख्या ६९ पुगेको छ भने ठूलो सङ्ख्यामा मानिसहरू बेपत्ता छन्, जसको खोजी कार्य जारी छ।

यस बीचमा धेरै पुल र सडक बगेर नष्ट हुँदा अवस्था थप जटिल बनेको छ। राष्ट्रपति अनुरा कुमारा दिसानायकेले सूचना जारी गर्दै बिजुली, पेट्रोलियम पदार्थ तथा ग्यास, अस्पताल तथा खानेपानी आपूर्ति जस्ता सेवाहरूलाई आवश्यक सेवा घोषणा गरेका छन्।

डेली मिरर का अनुसार, मौसम विभागले श्रीलङ्कामा लगातार बनेको न्यून–दाब प्रणाली स्थिर रहेको र त्यसका कारण अत्यधिक चिसो हावा र बारम्बार उग्र छालहरू उठिरहेको बताएको छ। निरन्तरको वर्षाका कारण धेरै प्रमुख जलाशयहरू भरिएका छन्। शुक्रबार मोरागहाकान्डा जलाशय अधिकतम क्षमतासम्म पुगेपछि यसका स्पिल–गेट खोलिएका थिए, यही क्रममा मोरागहाकान्डा–लग्गाला पुल भत्कियो। यो पुल मटाले, पोलोन्नारुवा र कुरुनेगाला जिल्लाहरू बीच जोड्ने मुख्य पहुँचमार्ग थियो।

यस्तै हसलाका क्षेत्रमा याहंगला पर्वत नजिक ठूलो पैह्रो जाँदा ५ जनाको शव फेला परेको छ। देशका धेरै भागहरूमा पैह्रोको जोखिम अझै कायम रहेको र सतर्कता आवश्यक भएको अधिकारीहरूले बताएका छन्।

आपदा प्रबन्धन केन्द्र (डीएमसी) का अनुसार, १६ नोभेम्बरदेखि शुरु भएको यो प्रकोपले देशभरका ६३,००० भन्दा बढी परिवारका २,१९,२८६ जनालाई प्रभावित पारेको छ। यस आपदामा हालसम्म ६९ जनाको मृत्यु भइसकेको छ भने ३४ भन्दा बढी मानिसहरू बेपत्ता छन्।

सरकारले विदेशमा रहेका श्रीलङ्कालीहरू र विदेशी नागरिकहरूले राहत कार्यमा सहयोग गर्न सक्ने घोषणा गरेको छ। राष्ट्रपति सञ्चार विभागका अनुसार, सहायता पठाउनका लागि आवश्यक ब्याङ्क विवरणहरू विदेशस्थित श्रीलङ्काली कूटनीतिक मिसनहरू तथा श्रीलङ्कामा रहेका विदेशी दूतावासहरूमा उपलब्ध गराइएको छ।

श्रीलङ्का सहायता लागि भारतले ‘अपरेशन सागर बन्धु’ शुरू गरेको छ। परराष्ट्र मन्त्री एस. जयशंकरले एक्समा जानकारी दिँदै आईएनएस विक्रान्त र आईएनएस उदयगिरिले कोलम्बोमा राहत सामग्री हस्तान्तरण गरिसकेको र काम निरन्तर भइरहेको बताएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले प्रभावित परिवारहरूप्रति सहानुभूति व्यक्त गर्दै उनीहरूको सुरक्षा र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले भने, भारतको “नेबरहुड फर्स्ट” नीतिअनुसार, यो कठिन घडीमा भारत श्रीलङ्काको झनै मजबूतीसँग साथमा रहनेछ।

—————

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

अमेरिकाबाट निर्वासित सात प्रवासी पुगे रवान्डा
अमेरिकाले इजरायल-लेबनान शान्ति वार्ताको आयोजना गर्यो
ट्रम्प समर्थकहरूले टेक्सासमा हनुमानको मूर्तिको आलोचना गरे, टिप्पणीहरूले अध्यागमन र धार्मिक स्वतन्त्रतामाथि बहस छेड्यो
ट्रम्प भन्छन् ‘व्हाइट हाउस कोरेस्पोन्डेन्ट्स डिनर गोली हानाहट घटनामा म चिन्तित थिएन’
इरानमा अमेरिकी विशेष फौजको साहसिक उद्धार: बढ्दो सैन्य तनाव र रणनीतिक जोखिममा प्रकाश पार्दै जारी द्वन्द्व

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मजुवा गाउँमा निर्माण गरिएको सार्वजनिक भवनलाई लिएर ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको आरोपलाई स्थानीय जनप्रतिनिधिहरु र समाजद्वारा खण्ड
Next Article एयरबस ए-३२० विमानमा प्राविधिक गडबडीका कारण इन्डिगो र एयर इन्डिया लगायत भारतीय एयरलाइन्सका उडानहरू प्रभावित, एडभाइजरी जारी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?