गुवाहाटी, 28 दिसम्बर (हि.स.)। गुवाहाटी रेलवे स्टेशनबाट रेलवे पुलिसले भारी मात्रामा विदेशी सिगरेट जफत गरेको छ। यसको जानकारी जीआरपीएफ प्रभारीले बिहिवार दिए। जीआरपी प्रभारी अनुसार, नियमित तलाशीमा हिजो अबेर राति प्लेटफार्ममा खड़ा अवध असम एक्सप्रेस (15909) बाट 5 कार्टूनमा लुकाएर राखिएको 150 बन्डल सिगरेट जफत गरिएको छ। जसको दर लाखौं रूपियाँ मापिएको छ। यद्यपि, यस मामिलामा कसैलाई पक्राउ गरिएको छैन। पुलिसले यस सम्बन्धमा एक प्राथमिककी दर्ता गरी मामिलाको जाँच गरिरहेछ।
हिन्दुस्थान समाचार/भवानी
