नयाँ दिल्ली, 28 दिसम्बर (हि.स.)। दक्षिण भारतका सुपरस्टार औ डीएमडीके संस्थापक विजयकान्तको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी सहित अन्य धेरैजना नेताहरूले दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार सोशल मीडिया एक्समा आफ्नो सन्देश जारी गर्दै भने- थिरू विजयकान्तजीको निधनबाट अत्यन्त दुःखित भएको छु। तमिल फिल्म जगतका एक दिग्गज, उनको चमत्कारी प्रदर्शनले लाखौं मानिसहरूको हृदय जित्यो। एकजना राजनीतिक नेताको रूपमा उनी सार्वजनिक सेवाप्रति गहिराइबाटै प्रतिबद्ध थिए जसले तमिलनाडुको राजनीतिक परिदृश्यमा गहिरो छाप छोड्यो। उनको निधनले एउटा खालीपन छोड़ेर गएको छ जसलाई पूर्ण गर्न कठिन छ। उनी एकजना घनिष्ठ मित्र थिए र म उनलाई उनीसित वर्षौंदेखि हुँदै आएको बातचितको निम्ति सम्झिरहनेछु। यस दुःखको घड़ीमा मेरो संवेदना उनको परिवार, प्रशंसक एवं असंख्य अनुयायीहरूको साथमा छ। ओम शान्ति।
तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले शोक व्यक्त गर्दै भने, अभिनेता एवं डीएमडीके प्रमुख क्याप्टन विजयकान्तको राजकीय सम्मानको साथमा अन्तिन संस्कार गरिनेछ।
कंग्रेस सांसद राहुल गान्धीले ट्वीट गरी भने- डीएमडीके संस्थापक, थिरू विजयकान्तजीको निधनबाट गहिरो दुःख पुगेको छ। सिनेमा औ राजनीतिमा उनको योगदानले लाखौं मानिसहरूको हृदयमा अमेट छाप छोड़ेको छ। यस कठिन समयमा उनको परिवार अनि प्रशंसकहरूप्रति हार्दिक संवेदना।
हिन्दुस्थान समाचार/उष्णता
