कोलकाता, 8 अगस्त (हि.स.)। पश्चिम बंगालमा आगामी वर्ष हुने विधानसभा चुनाउको लागि निर्वाचन आयोगले मतदान केन्द्रहरूको संख्या बढ़ाउने तयारी गरेको छ। मुख्य निर्वाचन अधिकारी (सीईओ) कार्यालयको सूत्र अनुसार एकातिर पछिल्लो दुई वटा चुनाउमा मोठ 80,680 मतदान केन्द्रहरू थिए भने आगामी वर्ष 2026- को चुनाउमा यो संख्या बढ़ेर 94 हजारभन्दा अधिक हुनेछ। यो लगभग 16.50 प्रतिशतको वृद्धि हो।
सूत्रले बतायो, चुनाउ आयोगको निर्देशानुसार अब कुनै पनि केन्द्रमा मतदाताहरूको संख्या 12 सयभन्दा अधिक हुनेछैन। त्यसैले अतिरिक्त केन्द्रहरू बनाइएदैछ। यस सम्बन्धमा राज्यका सबै राजनीतिक दलहरूलाई जानकारी दिइएको छ।
एकजना वरिष्ठ अधिकारीले शुक्रवार बताए, सीईओ कार्यालयले चुनाउ आयोगलाई सूचित गऱ्यो कि राज्यमा विशेष गहन पुनरीक्षण (एसआईआर)- प्रक्रिा शुरू गर्नको लागि आवश्यक धरातलीय तयारीहरू पूरा भइसकेका छन्। यो रिपोर्ट जिल्ला निर्वाचन अधिकारीहरूबाट प्राप्त विवरणको आधारमा तयार गरिएको हो र दिल्लीस्थित आयोगको मुख्यालयलाई पठाइएको छ।
अखिल भारतीय तृणमूल कंग्रेस (तृणमूल कंग्रेस)-को आरोप छ, यो पुनरीक्षण अभ्यास भारतीय जनता पार्टी (भाजपा)-ले बंगालमा एनआरसी लागू गर्ने षड़यन्त्र गरेको हो र चुनाउ आयोग भाजपाको इशारामा काम गरिरहेको छ।
अर्कोतिर भाजपाको भनाइ छ, मुख्यमन्त्री ममता ब्यनर्जी र तृणमूल कंग्रेसले यस प्रक्रियाको विरोध यसकारणले गरिरहेको छ, किनभने यसमा कुनै अवैध रोहिंग्या र बंगलादेशी अनुप्रवेशकारीहरूको नाम मतदाता सूचीबाट हट्नसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
