कोलकाता, 16 अक्टोबर (हि.स.)। कोलकाता महानगर लगायत राज्यका अन्य ठाउॅंहरूमा अहिले पानी पर्ने सम्भावना छैन। मौसम विभागले सोमवार जारी गरेको बयान अनुसार, कोलकाताका साथै हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ा तथा राज्यका अन्य ठाउॅंहरूमा अहिले पानी पर्ने सम्भावना छैन।
न्यूनतम तापक्रम 25.6 डिग्री सेल्सियस रेकर्ड गरिएको छ जुन सामान्यभन्दा एक डिग्री धेरै हो। अधिकतम तापक्रम 33.6 डिग्री सेल्सियस रेकर्ड गरिएको छ। गत 24 घण्टा अवधि पानी परेन भने यो हप्ता पनि पानी पर्ने सम्भावना छैन।
मौसम विभागले राज्यमा शुरू भएको दुर्गा पूजामा पानी पर्ने छैन भनी स्पष्ट गरेको छ।
हिन्दुस्थान समाचार/भवानी
