दरंग (असम), । दरंग-उदालगुड़ी लोकसभा सीटबाट कंग्रेस पार्टीको उम्मेद्वारको नाम घोषणा भएपछि यसै सीटबाट भारतीय जनता पार्टी (भाजपा)-का उम्मेद्वार दिलीप सौकियाले आज प्रतिक्रिया व्यक्त गरेका छन्।
उनले मीडियासित बातचित गर्दै भने, दरंग-उदलगुड़ी निर्वाचन क्षेत्रका 22 लाख भोटमध्ये तीन-साढ़े तीन लाख भोट कंग्रेस उम्मेद्वार माधव राजबंशीको झोलीमा खस्नेछ भने बाँकी भोट एनडीएको झोलीमा खस्नेछ।
सैकियाले राजबंशीलाई आफ्नो उम्मेद्वारिता फिर्ता लिएर मोदीको पक्षमा आउने अनुरोध गर्दै भने, माधव राजबंशीको कार्यकालमा यस क्षेत्रमा कुनै पनि विकास कार्य भएको थिएन। यसैले अब यहाँका मानिसहरूले उनीमाथि विश्वास गर्ने छैनन्।
ज्ञात रहोस्, भाजपापछि असमका 14 वटा लोकसभा सीटको निम्ति कंग्रेसले पनि आफ्ना 12 जना उम्मेद्वारहरूको नाम घोषणा गरिसकेको छ। जसले गर्दा राज्यमा अब चुनावी राजनीति तीव्र भएको छ। सबै उम्मेद्वारहरू आ-आफ्नो चुनाउ क्षेत्रमा अहिलेदेखि नै चुनाउको प्रचारमा जुटिसकेका छन्।
