गुवाहाटी, 07 नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) को प्रदेश मुख्यालय अटल बिहारी वाजपेयी भवनमा आज पार्टीको सांगठनिक बैठक आयोजित गरियो। बैठकमा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा, पार्टीका सांगठनिक महासचिव आर रविन्दर राजू, प्रदेश भाजपा अध्यक्ष भवेश कलिताका साथै राज्य सरकारका धेरै मन्त्री, विधायक, सांसद, भाजपा कार्यकारिणीका सदस्य समेत भारी संख्यामा पार्टीका कार्यकर्ता एवं नेता उपस्थित रहे।
बैठकमा आगामी लोकसभा चुनाउको मध्यनजर पार्टीको सांगठनिक कार्यकलापहरूलाई लिएर विस्तारमा चर्चा गरियो। बैठकमा मुख्यमन्त्रीले चुनाउलाई लिएर पार्टीद्वारा गरिरहेका तयारीहरूको जायजा लिए। जबकि पार्टी अध्यक्ष भवेश कलिताले विधानसभा क्षेत्रको पुनर्गठनपछिको पार्टीको सांगठनिक स्थितिको समीक्षा गरे।
हिन्दुस्थान समाचार/भवानी
