नयाँ दिल्ली, 25 नोभेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले मंगलवार श्री गुरु तेग बहादुर साहिबको 350औं शहीदी दिवसको पावन अवसरमा आयोजित वपित्र ध्वज यात्रालाई हरियो झण्डी देखाएर प्रस्थान गराइन्। यो भव्य यात्रा गुरूद्वारा श्री सीसगञ्ज साहिबदेखि शुरू भएर गुरूद्वारा श्री आनन्दपुर साहिबसम्म पुग्नेछ। यस आयोजनको मुख्य उद्देश्य श्री गुरू तेग बहाजुरका शिक्षा, आदर्श तथा धर्म एवं मानवताको रक्षा गर्नको लागि उनले दिएका सर्वोच्च बलिदानलाई स्मरण गर्नु साथै नमन गर्नु हो। मुख्यमन्त्रीले यस अवसरमा भनिन्, यो यात्राले समाजमा भाइचारा, समरसता तथा शान्तिको सन्देशलाई अझ मजबुत बनाउनेछ। उनले प्रार्थना गरिन्, गुरू साहिबको आशीर्वाद सबैमाथि रहिरहोस् अनि जीवनमा सद्भाव, सुख एवं शान्ति कायम रहोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
