नयाँ दिल्ली, 07 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलवार कङ्ग्रेसमाथि प्रहार गर्दै भने, कङ्ग्रेस सरकार छत्तीसगढ़मा नक्सलवादलाई रोक्न विफल भइरहेको छ। कङ्ग्रेस जहाँ पनि सत्तामा आउँछ त्यहाँ अपराध बढ़ेर जान्छ।
प्रधानमन्त्रीले आज छत्तीसगढ़को बिश्रामपुरमा आयोजित एक चुनावी ऱ्यालीलाई सम्बोधन गर्दै भने, जब-जब कङ्ग्रेस सरकारमा आउँछ तब-तब देशमा आतङ्कवादी र नक्सलीहरूको हौसला बढ़्छ। जुन-जुन राज्यमा कङ्ग्रेस सत्तामा आउँछ त्यहाँ अपराध र लुटपातको शासन चल्छ। कङ्ग्रेस सरकार नक्सल हिंसालाई नियन्त्रण गर्नमा विफल भइरहेको छ।
प्रधानमन्त्रीले भने, कङ्ग्रेसको तुष्टीकरणको नीतिको कारणले छत्तीसगढ़को सरगुजा क्षेत्रमा तिहार मनाउन कठिन भएको छ। कङ्ग्रेसको राजमा छत्तीसगढ़को सरगुजा सम्भावमा मानव तस्करी र नशाको व्यापार बढ़िरहेको छ। उनले अझ भने, देशमा आदिवासीहरूको जनसंख्या लगभग 9-10 करोड़ छ। तर स्वतन्त्रतापछि दशकौंसम्म पनि कङ्ग्रेसले कहिल्यै उनीहरूको परवाह गरेन। सत्तामा छँदा कङ्ग्रेसो सोंच थियो कि आदिवासीहरूको निम्ति पैसा खर्च गर्नु बर्बादी हो। यसको सट्टा भाजपाले आदिवासी कल्याणलाई सदैव प्राथमिकता दिएको छ।
मोदीले भने, आदिवासी समाजको लागि केन्द्र सरकारको बजेट हामीले दुई गउमा बढ़ाइदिएका छौं। नानीहरूको राम्रो शिक्षाको लागि आदिवासी क्षेत्रहरूमा 5 सय नयाँ एकलव्य स्कूल निर्माण गरिँदैछ। उनले भने, बितेको नौ वर्षको अन्तरालमा भाजपा सरकारले आदिवासी परिवारहरूलाई लाखौं नयाँ पट्टा प्रदान गरिसकेको छ। नौ वर्षअघि 23 हजार सामुदायिक पट्टा दिइएको थियो भने हामीले उनीहरूलाई 80 हजारभन्दा अधिक नयाँ सामुदायिक पट्टा दिएका छौं। यसैले हरेक छत्तीसगढ़ीले एउटै कुरा भन्छन्- ‘भाजपा आवत है।’
मोदीले यो पनि भने, तपाईहरू कल्पना समेत गर्नसक्नु हुँदैन कि कङ्ग्रेसले द्रौपदी मुर्मूलाई भारतको पहिलो आदिवासी राष्ट्रपति हुनदेखि रोक्ने कतिसम्म प्रयास गऱ्यो। तर यही भाजपा थियो जसले उनलाई यो सम्मान सुनिश्चित गऱ्यो। प्रधानमन्त्रीले प्रश्न उठाए, कसैले सोचेका थिए होलान् र ‘आदिवासी’ परिवारबाट आएकी एक महिला भारतकी राष्ट्रपति बन्नसक्नेछन्?
हिन्दुस्थान समाचार/उष्णता
