नयाँ दिल्ली, 8 अगस्त (हि.स.)। दक्षिण पूर्वी जिल्लाको निज़ामुद्दीनमा पार्किंगलाई लिएर भएको विवादमा गए बिहीवार अबेर राति एक जना व्यक्तिको चक्कुले रोपेर हत्या गरियो। मृतकको पहिचान आसिफ कुरैशी (42 वर्ष)- को रूपमा भएको छ। पुलिसले यस मामिलामा दुई जना आरोपीलाई पक्राउ गरेको छ।
मृतककी पत्नीको भनाइ छ, सुनियोजित षड़यन्त्र अन्तर्गत उसको पतिको हत्या गरिएको हो। राति लगभग 9.30-10.00 बजी गेटमा केही मानिसहरूले स्कुटी राखेका थिए। आसिफले स्कुटीलाई केही अगाड़ि राख्न भन्दा युवकहरूले गाली गर्न थाले अनि धारिलो वस्तुले आसिफको छात्तीमा प्रहार गरे। परिवारका सदस्यहरू घटनास्थलमा पुग्दा-नपुग्दा आसिफको मृत्यु भइसकेको थियो।
आसिफका काका सलिम कुरैशीले बताए, हमलाकारीहरू दुई जना थिए, उनीहरूले नै आसिफको हत्या गरेका हुन्।
दक्षिण पूर्वी जिल्लाका डीसीपी हेमन्त तिवारी अनुसार आसिफ कुरैशी आफ्नो परिवारसित भोगल, जंगपुरामा बस्दै आएका थिए। गए राति लगभग 10:30 बजी आरोपीहरूसित स्कुटरको पार्किंगलाई लिएर विवाद हुँदा तिनको हत्या गरिदियो।
पुलिसले हत्याको मुद्दा दर्ता गरी दुई जना आरोपीहरूलाई पक्राउ गरेको छ। आरोपीहरूको पहिचान उज्ज्वल र गौतमको रूपमा भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
