बलिया, 17 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको बलिया स्थित उभाउ थानाको बेल्थरारोडमा स्कूल निकट आइरहेको समय एक शिक्षकलाई चेन स्नेचरहरूले गोली दागे। जसको उपचारको निम्ति वाराणसी लगिरहेको समय मृत्यु भयो।
उभाउ थाना क्षेत्र अन्तर्गत बेल्थरारोडको यादव नगर निवासी 57 वर्षीय देवेन्द्र यादव (57) देवरिया जिल्लाको प्राथमिक विद्यालय भागलपुरमा तैनाथ थिए। त्यही सहायक अध्यापिका कंचन सिंह पनि तैनाथ छन्। मंगलवार स्कूल बन्द भएपछि दुवै एउटै बाइकमा घर फर्किरहेका थिए, तब पहिलेदेखि घात लगाएर बसेका बाइक सवार अनुहार ढाकेका तीन बदमाशले उनीहरूलाई रोकेर उनको सुनको चेल लूट्ने प्रयास गरे। प्रधानाध्यापक देवेन्द्रले यसको विरोध गर्दा बदमाशलहरूले उनीमाथि गोली दागे, जसपछि उनी जमीनमा लड़े। घटनालाई अन्जाम दिएपछि बदमाशहरूले दुवैको सुनको चेन खोसे औं घटनास्थलबाट भागे। शिक्षिकाको चित्कार सुनेर वरपरका मानिसहरू एकत्र भए औं घाइते शिक्षकलाई सीएचसी सीयर लगे।
पुलिसअ धीक्षक ओमवीर सिंहले बताए, साँझ लगभग चार बजी डायल 112 मा पुलिसलाई सूचना प्राप्त भयो। घाइते शिक्षक देवेन्द्र यदावलाई छेवैको अस्पतालमा भर्ती गराइएको थियो। जहाँ उनलाई बलिया सदर अस्पताल लगियो। उनको गम्भीर अवस्था देखेर उनलाई मऊ लिएर गए, जहाँबाट फेरि उनलाई वाराणसी ट्रामा सेन्टर रेफर गरियो तर बाटोमै उनको मृत्यु भयो। यस मामिलामा एफआईआर दर्ता गरी चार पुलिस टीमलाई खटाइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी
