कोलकाता, 08 अगस्त (हि.स.)। आरजी कर मेडिकल कलेजमा गत वर्ष 09 अगस्तमा महिला चिकित्सासित सामूहिक दुष्कर्म र हत्या मामिलामा केन्द्रिय जाँच ब्यूरो (सीबीआई) को भूमिकालाई लिएर पीड़िताका आमा-बाबूले गम्भीर लगाएका छन्। उनले दाबी गरेका छन्, सीबीआई निदेशकले स्वयं मामिलादेखि हात पछि तान्ने कुरा भनेका छन्।
दिल्लीमा केन्द्रिय एजेन्सीका निदेशकलाई भेटेपछि कोलकाता फर्केका पीड़िताका बाबूले बताए, उनी दिल्ली गएका थिए, जहाँ सीबीआई निदेशकसित भेट भयो। उनले भने, सीबीआई निदेशले आफै भनिरहेका छन कि यस मामिलालाई छोड्नेछन्। उनले यो पनि भने, उनले अदालतलाई यो जानकारी दिने कुरा भनेका छन् किनभने जाँचको आदेश अदालतले नै दिएको थियो।
पीड़िताका आमा-बाबूले बताए, दिल्ली यात्रामा उनीहरूको केन्द्रिय गृहमन्त्री अमित शाहसित भेट हुन सकेन। शाहले भेट्न जुन तारिक दिएक थिए, त्यति दिन दिल्लीमा रोकिनु उनीहरूको निम्ति सम्भव थिएन।
उल्लेख्य, यस मामिलामा दोषी ठहर गरिएको पूर्व सिविक भोलेन्टियर संजय रोयलाई आजीवन कारावासको सजाय सुनाइएको छ। यद्यपि, पीड़िताको परिवारको आरोप छ कि उनको छोरीको मृत्युको पछाड़ी अरूहरू पनि सामेल छन् र उनीहरूले लामो समयदेखि सबै आरोपीहरू विरूद्ध कारबाहीको माग गरिरहेका छन्। मामिलाको पहिलो बरसीमा कोलकातामा व्यापक स्तरमा विरोध प्रदर्शनहरूको पनि तयारी भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी
