
चण्डीगढ़, 19 नोभेम्बर (हि.स.)। चण्डीगढ़ अन्तरराष्ट्रिय हवाईअड्डाको भित्तामा आइतवार बिहान खालिस्तानी नारा लेखियो। त्यसपछि क्यानडामा बस्ने खालिस्तान आन्दोलनका स्वंयम्भु नेता तथा प्रतिबन्धित तथाकथित सङ्गठन सिख फर जस्टिस (एसएफजे)-का अध्यक्ष गुरपतवन्त सिंह पन्नुको वैमनस्य फैलाउने किसिमको भीडियो अघि आयो।
भीडियोमा तिनले भनेका छन्, एसएफजेको पहुँच अमृतसर, अहमदाबाद, दिल्ली हवाईअड्डामा पनि छ। सिख राष्ट्रको हित रक्षार्थ 19 नोभेम्बरपछि एयर इण्डियासित नउड़ौं। त्यसपछि चण्डीगढ़ हवाईअड्डाको सुरक्षा बढ़ाइएको छ। एयर इण्डियाको सम्बन्धमा पन्नुले केही दिनअघि पनि भीडियो जारी गरेका थिए।
हिन्दुस्थान समाचार/उष्णता
