नयाँ दिल्ली, 11 नोभेम्बर (हि.स.)। लाल किल्ला निकट गए सोमवार साँझ कारमा भएको विस्फोटको जाँचलाई मध्यनजर गर्दै आज राजधानीका केही क्षेत्रहरूमा वाहनहरूको आगावमन प्रभावित रहनेछ।
नेताजी सुभाष मार्गमा आवश्यक कारणहरूले गर्दा पुलिसले दुवै क्यारिज-वे र सर्भिस रोडमा यातायात प्रतिबन्ध अनि डाइभर्जन लागू गरेको छ। दिल्ली ट्राफिक पुलिस अनुसार छत्ता रेल कटदेखि सुभाष मार्क कटसम्म कुनै पनि दिशामा वाहनहरूलाई जाने अनुमति छैन। यो प्रतिबन्ध बिहान 6 बजीदेखि अघिल्लो आदेश नआउञ्जेलसम्म लागू रहनेछ। ट्राफिक पुलिसले मानिसहरूसित अपील गरेका छन्, उनीहरू यी मार्गहरू भएर यात्रा गर्नदेखि बचुन् साथै वैकल्पिक मार्गलाई प्रयोग गरुन् ताकि यात्रामा असुविधा नहोस्। ट्राफिक पुलिसले भनेको छ, घटनास्थलमा पुलिस कर्मीहरूलाई तैनाथ गरिएको छ जसले मानिसहरूलाई उचित मार्ग बारे दिशानिर्देश गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
