शिवसागर, 18 जनवरी (हि.स.)। राहुल गॉंधीको भारत जोड़ो न्याय यात्रा मणिपुर र नागाल्याण्डलाई पार गरेर बिहिवार असमको शिवसागर जिल्ला आइपुगेको छ। असममा कांग्रेस नेताको प्रवेशमा भव्य स्वागत गरियो।
यसपछि, राहुल गॉंधीले आमगुरीमा एक जनसभालाई सम्बोधित गरे। यस बिच पूर्व कांग्रेसी अंकिता दत्ताले आमगुरीमा न्यायको गुहार लगाउनका लागि राहुल गॉंधीसॅंग भेट्ने प्रयास गरेकी थिइन्, तर उनले भेट गरेनन्। अंकिता दत्ताले पार्टीका उच्च अधिकारीहरूमाथि 10 महिना वनवास बिताएर पनि न्याय नपाएको आरोप लगाएकी छन्।
उनले राहुल गॉंधीबाट न्यायको आशा थियो भनेकी छन्। उनले भनिन्, ‘कांग्रेसले न्याय मागेपछि पनि मलाई निलम्बित गरिदियो, तर मैले सदैव पार्टीको निम्ति काम गरेकी छु।’
हिन्दुस्थान समाचार/बिशाल
