नयाँ दिल्ली, 27 नोभेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले ‘तपाईको पूँजी, तपाईको अधिकार’ नामक मेगा अभियानको बिहीवार शुभारम्भ गरिन्। उनले भनिन्, यो निर्णयले लाखौं परिवारहरूको आशालाई नयाँ किरण दिनेछ। मुख्यमन्त्रीले डा.अम्बेडकर इन्टरनेशनल सेन्टरमा आयोजित कार्यक्रममा भनिन्, तपाईको पूँजी, तपाईको अधिकार एउटा यस्तो अभियान हो जसको उद्देश्य नागरिकहरूलाई बेवारिसे वित्तीय सम्पत्तिलाई पुनः हासिल गराउनमा सहयोग गर्नु हो। यो अभियानले मध्यमवर्ग तथा गरीब परिवारहरूको निम्ति साँचो अर्थमा राहत अनि सम्मान लिएर आएको छ। वर्षौंदेखिको बेवारिसे अवस्थामा रहेको त्यो राशि जुन कहिल्यै मिहेनतको कमाई थिएन,-लाई असली हकदारहरूसम्म पुऱ्याउने दिशामा एउटा ठूलो कदम हो।
उनले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदी र वित्तमन्त्री निर्मला सीतारमणले आम परिवारहरूको यस चिन्तालाई बुझे, उनीहरूको कठिनाईलाई महसूस गरे अनि त्यसै बेवारिसे रहेको वित्तीयलाई तीव्र, पारदर्शी अनि सुरक्षित ढंगमा लाखौं मानिसहरूसम्म पुऱ्याउने मार्ग बनाए। यो प्रधानमन्त्री मोदीको दृष्टिकोण हो कि विभिन्न ब्यांक खाताहरूमा त्यसै रहेको कड़ोरौं रुपियाँको दाबी जनताले गर्नुपर्छ। यो पहल जनहितमा छ।
रेखा गुप्ताले भनिन्, दिल्लीको हरेक जिल्लाा यो शिविर आयोजना गरिएको छ। हरेक शिविरमा विशेष हेल्पडेस्क स्थापना गरिएको छ जहाँ मानिसहरूले डिजीटल माध्यमबाट आफ्नो बेवारिसे वित्तीय सम्पत्तिको जानकारी प्राप्त गर्न सक्नेछन्। प्रशिक्षित अधिकारीहरूले हरेक परिवारलाई सहयोग गरिरहेका छन् ताकि प्रक्रिया सरल, सुलभ र भरोसायोग्यको बनोस्। यस अवसरमा केन्द्रिय वित्त राज्यमन्त्री पंकज चौधरी पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
