सोनादा, 28 जनवरी :। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो सांङ्ठनिक विस्तारलाई तीब्रता दिॅंदै दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिक अन्तर्गत विभिन्न समष्टिहरुमा सभाको आयोजना गरिरहेको छ। यसै क्रममा खरसाङ ब्राञ्च कमिटी अन्तर्गत सोनादा टुङ समष्टिको आज टुङ पार्टी कार्यालयमा सांङ्ठनिक सभा बस्यो।
समष्टि अध्यक्ष मदन छेत्रीको अध्यक्षतामा बसेको सभालाई सन्तोष सुब्बाले सञ्चालन गरेका थिए। सभामा समष्टि कार्यकारिणी प्रतिनिधि, सोनादा टाउन कमिटी, गोरायुमो प्रतिनिधिवर्ग अनि गोरानासंका प्रतिनिधिहरू उपस्थिति रहेका थिए।
सभापछि भुपेन गुरुङले जानकारी गराउॅंदै भने, अध्यक्ष मन घिसिङको निर्देशन अनुसार आफ्नो संगठनलाई बलियो बनाउन साथै वर्तमान समय दिल्लीमा अध्यक्ष मन घिसिङ साथै गृहमन्त्रीसॅंग स्थायी राजनैतिक समाधान विषय लिएर चलिरहेको वार्ता विषयमा सभामा जानकारी गराउने उद्देश्यले सभाहरुको आयोजना गरिएको हो। उनले पार्टी अध्यक्ष मन घिसिङले पार्टी हेरेर होइन, तर जातिलाई हेरेर दिल्लीमा निरन्तर कार्य गरिरहेका छन् भनी बताए।
अध्यक्ष घिसिङले दिल्लीमा गृहमन्त्री लगायत केन्द्रिय मन्त्रीहरुसॅंग भेटघाट साथै वार्तालाप गर्ने कार्यलाई जारी राखेको उनले बताए। संकल्प पत्रमा उल्लेख गरिएको आधारमा नै अध्यक्षले कार्य गरिरहेका छन् भन्दै सम्पूर्ण गोर्खा जाति एक भएर काम गर्नुपर्ने उनले आह्वान गरे।
