
गुवाहाटी, 17 अक्टोबर (हि.स.)। राज्यमा कठोर पशु कानून लागू भएपनि पशुहरूको तस्करी जारी छ। यही क्रममा वशिष्ठ पुलिस टीमले तलाशी अभियान चलाएर 32 पशुलाई लगिरहेको एउटा ट्रकलाई जफत गरेको छ।
पुलिस अनुसार, मंगलवार गुप्त सूचनाको आधारमा थाना क्षेत्रमा चलाइएको यस अभियानमा एउटा ट्रक (एएस-01केसी-1728) जफत गरियो। जफत गरिएको ट्रकमा अवैध तरीकाले 32 पशुलाई तस्करी गरी मेघालयको पशु बजार लगिन्दैथियो। सबै पशुहरूलाई बड़ो क्रूरताले लगिन्दैथियो। यस मामिलामा पुलिसले एक तस्करलाई समाएको छ, पक्रा परेको तस्करको पहिचान अकीब अली (25 सोनपुर) को रूपमा गरिएको छ। पुलिसले यस सम्बन्धमा पशु अधिनियम अन्तर्गत एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेछ।
हिन्दुस्थान समाचार/भवानी
