जैसलमेर, 17 अक्टोबर (हि.स.)। जैसलमेरको वायुसेना स्टेशनबाट मंगलवार भारतीय सेनाको सुदर्शन चक्र कोरको तत्वावधानमा त्रि शक्ति बहुआयामी अभियान आरम्भ भएको छ। यस त्रि शक्ति बहुआयामी अभियानलाई मंगलवार बिहान जैसलमेर वायु सेना स्टेशनबाट हरियो झण्डी देखाएर प्रस्थान गराइयो। राजस्थान र गुजरातका सीमावर्ती क्षेत्रहरूमा संचालन हुने यस अद्वितीय बहुआयामी अभियानको उद्देश्य सशस्त्र बलहरूको साहसको संयुक्त भावनालाई उजागर गर्नु हो।
यस अभियानमा महिला अधिकारीगण, अग्निवीरहरू सहित सेना, नौसेना औ वायु सेनाका तीनै सेवाहरूका चालीसभन्दा अधिक सदस्यहरू सामेल भइरहेका छन्। अभियान अवधि सदस्यहरूद्वारा मोटरसाइकल, 4×4 जीप ऱ्याली, क्यामल सफारी, माइक्रोलाइट फ्लाइङ्ग, इन्दिरा गान्धी नहरमा राफ्टिङ्ग औ साइकिलिङ्ग गरिनेछ।
प्रतिभागीहरू जैसलमेरदेखि कच्छको रणको उत्तरी किनारसम्म तथा राजस्थानको सीमा पारी तथा ऐतिहासिक शहरहरू क्रमैले बाड़मेर, मुनाबाओ, लोङ्गेवाला, तनोट, रामगढ़, किशनगढ़ र भारेवाला भएर गुज्रिनेछन्। अभियानमा सैनिक सशस्त्र बलहरूद्वारा राष्ट्र निर्माणका प्रयासहरूमाथि प्रकाश पारिनेछ। उनीहरूले स्थानीय वासिन्दाहरूसित मिलेर समुदायहरूसित जोड़िएर केही स्थानहरूमा वृक्षरोपण गरी पर्यावरण जागरूकतालाई अग्रगति प्रदान गर्ने, हरित उर्जाको प्रयोगलाई प्रेरित गर्ने, महिला सशक्तिकरणको आवश्यक्तामाथि प्रकाश पार्ने, विभिन्न युवा सहभागिता गतिविधिहरू आयोजना गर्ने तथा श्रद्धाञ्जलि अर्पण गर्ने जस्ता कार्यहरू पनि गर्नेछन्।
युद्ध नायक, युद्धका दिग्गज तथा वीरता पुरस्कार विजेताहरूसित बातचित गर्नका साथै यो अभियान दलले आफ्नो बाटोमा पर्ने गाउँहरूमा चिकित्सा शिविरहरू पनि आयोजना गर्नेछ अनि सीमावर्ती क्षेत्रको एउटा गाउँलाई ताजा पानीको बोरवेल पनि उपल्बध गराउनेछ।
हिन्दुस्थान समाचार/उष्णता
