नयाँ दिल्ली, 17 अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको समुद्री क्षमतालाई सरकारको प्राथमिकता बताउँदै भनेका छन्, यस क्षेत्रलाई सुदृढ़ बनाउनको लागि हामी नीतिबद्ध ढङ्गमा काम गरिरहेका छौं। यसैको परिणामस्वरूप पछिल्लो एक दशकमा प्रमुख बन्दरगाहहरूको क्षमता दुई गुणा भएको छ। बन्दरगाहहरूमा कन्टेनरहरूको टर्न-अराउण्डको समयमा तीव्र ह्रास आएको छ।
प्रधानमन्त्रीले मंगलवार भीडियो कन्फ्रेन्सिङ्गको माध्यमबाट ग्लोबल म्यारीटाइम इण्डिया समिट (जीएमआईएस)- 2023 को तेस्रो संस्करणको उद्घाटन समारोहलाई सम्बोधन गरिरहेका थिए। मुम्बईमा आयोजित यो शिखर सम्मेलनले देशको समुद्री क्षेत्रमा निवेशलाई आकर्षित गर्नको लागि एउटा उत्कृष्ट मञ्च प्रदान गर्छ।
प्रधानमन्त्रीले ग्लोबल म्यारीटाइम इण्डिया समिटको तेस्रो संस्करणमा सबैलाई स्वागत गरे। उनले स्मरण गरे, वर्ष 2021-मा शिखर सम्मेलन भएको समय कसरी सारा दुनियाँ कोभिड माहामारीद्वारा सृजित अनिश्चितताहरूसित जुझिरहेको थियो। उनले यसमाथि बल दिँदै भने, एउटा नयाँ दुनियाँले आज आकार लिरहेको छ। परिवर्तनशील विश्व व्यवस्थामा प्रधानमन्त्रीले रेखाङ्कित गरे, विश्वले नयाँ आकांक्षाहरूको साथमा भारततिर फर्केर हेरिरहेको छ।
आर्थिक सङ्कटसित जुझिरहेको विश्वमा भारतको अर्थव्यवस्था निरन्तर सशक्त हुँदै गइरहेको छ र त्यो दिन टाड़ा छैन जुन दिन भारत विश्वको शीर्ष तीन अर्थव्यवस्थाहरूमध्ये एक बन्नेछ। वैश्विक व्यापारमा समुद्री मार्गहरूको भूमिकालाई रेखाङ्कित गर्दै प्रधानमन्त्रीले कोरोनापछिको दुनियाँमा एक विश्वसनीय वैश्विक आपूर्ति श्रृङ्खलाको आवश्यक्तामाथि बल दिए।
प्रधानमन्त्रीले भने, इतिहास साक्षी छ भारतको समुद्री क्षमताहरूबाट सदैव विश्व लाभान्वित हुँदै आएको छ। पछिल्ला केही वर्षदेखिको यस क्षेत्रलाई सशक्त बनाउनको लागि उठाइएका कदमहरूको उल्लेख पनि उनले गरे। उनले प्रस्तावित भारत-मध्य पूर्व यूरोप आर्थिक जगतमा ऐतिहासिक जी-20 देशहरूको परिवर्तनकारी प्रभावलाई रेखाङ्कित गरे।
उनले भने, जसरी अतीतमा सिल्क रूटले धेरैवटा देशहरूको अर्थव्यवस्थालाई परिवर्तन गरिदिएको थियो त्यसरी नै यस आर्थिक जगतले पनि वैश्विक व्यापारको तस्वीरलाई नै फेरिदिनेछ। यसान्तर्गत नेक्स्ट जेनरेशन मेगा पोर्ट, इन्टरनेशनल कन्टेनर ट्रान्स-शिपमेन्ट पोर्ट, द्वीप विकास, अन्तर्देशीय जलमार्ग औ मल्टी-मोडल हब जस्ता कार्य गरिनेछ जसबाट व्यवसायिक लागतमा कमी आउनेछ अनि पर्यावरणीय ह्रासबाट लजिस्टिक दक्षतामा सुधार आउनेछ साथै नोकरीहरू उत्पन्न हुनेछन्। प्रधानमन्त्रीले दोहोऱ्याए, निवेशकहरूसित यस अभियानको अंग बन्ने अनि भारतसित जोड़िने एउटा ठूलो अवसर छ।
हिन्दुस्थान समाचार/उष्णता
