मोरीगाउँ (असम), 07 फरवरी : पुलिसले मोरीगाउँ जिल्लाको लाहरीघाट र मोइराबाड़ीमा साइबर अपराधीहरूको खोजीमा आफ्नो अभियानलाई तीव्रता दिएको छ। पुलिस सूत्रले आज बताएको छ, मोरीगाउँ पुलिसले साइबर अपराधीहरूको खोजीमा लाहरीघाट अनि मोइराबाड़ीमा निरन्तर छापा मारिरहेको छ। यस अभियानको क्रममा अहिलेसम्ममा 17 जना साइबर अपराधीहरूलाई पक्राउ गरिसकिएको छ।
पुलिस सूत्रले बताएको छ, पक्राउ गरिएका अपराधीहरूले अन्य राज्यहरूका व्यक्तिहरूको नाममा नक्कली कागजपत्र बनाएर ऋण लिएका छन्। यस साइबर अपराधी गिरोह विरोधी अभियानको नेतृत्व मोरीगाउँका अतिरिक्त पुलिस अधीक्षक समिरन बैश्यले गरेका छन्। पुलिस यस मामिलाको गहन अनुसन्धानमा जुटेको छ।
