जलपाइगढ़ी, 27 नोभेम्बर (हि.स.)। फूलबाड़ीमा एकजना युवकको गलफन्दामा झुण्डिरहेको शव भेटिनाले बिहीवार बिहान क्षेत्रमा कोकोहोलो मचियो। मृतकको नाम बुद्ध राई(25) हो जसले फूलबाड़ी दुई नम्बर ग्राम पञ्चायत अन्तर्गत चतुरगाछी क्षेत्रमा गौशालामा काम गर्दै आएका थिए।
स्थानीय सूत्र अनुसार बिहान सबैभन्दा पहिला गौशालाका एकजना कर्मचारीले बुद्धको शवलाई कोठाभित्र झुण्डिरहेको देखे। खबर फैलिनसाथ मानिसहरू घटनास्थलमा भेला भए। अर्कोतिक खबर पाउनसाथ एनजेपी थानाको पुलिस तत्कालै घटनास्थलमा पुग्यो अनि शवलाई पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो।
छिमेकीहरूको भनाइ छ, केही समयअघि बुद्ध राई आफ्नो परिवारसित बसेका थिए। परिवार गएपछि तिनी एक्लै बस्दै आइरहेका थिए। अचानक आत्महत्या गर्नुको पछाड़ि के कारण हो कसैलाई थाहा छैन। एनजेपी थानाको पुलिसले अप्राकृतिक मृत्युको मामिला दर्ता गरी घटनाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
