गुवाहाटी, 13 दिसम्बर (हि.स.)। गुवाहाटी जेलबाट पेरोलमा निक्लिएका कैदी हराएका छन्। यस घटनापछि गुवाहाटी केन्द्रिय कारागार प्रशासनको चिन्ता बढेको छ। मनद्वीप राभा नामक व्यक्ति हत्याको आरोपमा जेलमा बन्द थिए र एक महिनाअघि पेरोलमा घर गएका थिए। उनी घर गएपछि बेपत्ता बनेका छन्। पुलिसले बेपत्ता बनेका कैदीको खोजी शुरू गरेको छ।
हिन्दुस्थान समाचार
