कोलकाता, 21 मार्च महानगर कोलकाता समेत राज्यका अन्य भागहरूमा दुई दिनसम्म लगातार पानी परेपछि बिहीवार घाम लागेको छ। अलिपुरस्थित मौसम विभागको क्षेत्रीय मुख्यालयद्वारा जारी बयानमा बताइएको छ, कोलकातामा बितेको 24 घण्टाभित्रमा 6.9 मिलीमीटर वर्षा रेकर्ड गरिएको छ जसले गर्दा तापमान पनि घटेको छ।
पछिल्लो हप्तादेखि न्यूनतम तापमान बढ़ेर 25 डिग्री सेल्सियस नजिक पुगेको थियो भने अहिले झरेर 18.2 डिग्री सेल्सियसमा पुगेको छ। अधिकतम तापमान पनि 30 डिग्री सेल्सियस नजिक पुगेको थियो जुन अहिले घटेर सामान्यदेखि 13 डिग्री तल 21.5 डिग्री सेल्सियस पुगेको छ। यसले गर्दा राती सामान्य चिसो महसूस भइरहेको छ।
कोलकाता बाहेक हावड़ा, हुगली, उत्तर औ दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर, पुरूलिया, बाँकुड़ा लगायत राज्यका अन्य भागहरूमा पनि यसरी नै भइरहेको अविरल वर्षाले तापमानमा ह्रास दर्ता गरिएको छ। उत्तर बंगालका अलिपुरद्वार, कुचबिहार, जलपाईगुड़ी, दार्जीलिङ औ कालेबुङमा पनि सामान्य वर्षाले मौसमको रंग फेरिएको छ। आगामी सप्ताहदेखि फेरि पारा चढ़्न शुरू हुनेछ जसबाट गर्मी बढ़्नेछ।
