कोलकाता, 24 दिसम्बर (हि.स.)। पश्चिम बंगालको राजधानी कोलकाताको विख्यात ब्रेगड परेड मैदानमा आइतवार मानिसहरूको बाढ़ देखियो। भगवा वस्त्रधारी हजारौं साधु सन्तहरूले एकसाथ गीता पढ़ेका छन्। द्वारका पीठका शंकराचार्य सदानन्द सरस्वतीको उपस्थितिमा गीता जयन्तीको दोस्रो दिन गीता पाठको शुभारम्भ भय़ो।
कवि नजरूलले लेखेको गीत हे पार्थ सारथी बजाओ बजाओ गाएपछि मैदानमा उपस्थित लगभग 70 हजार महिलाले शंखनाद गरे औं लगभग 60 हजार मानिसले एकसाथ मिलेर गीत गाए। यसपछि गात पाठको शुरूआत भयो। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) सित सम्बद्ध संस्था संस्कार भारतीको तर्फबाट सांस्कृतिक प्रस्तुती प्रस्तुत गरियो। जब मैदानमा लगभग एक लाख 30 हाजर मानिसले एकसाथ एक स्वरमा गीता पाठ शुरू गर्दा अद्भुत दृश्य बन्यो।
मैदानमा उपस्थित मानिसहरूले भने, भगवाधारी हजारौं मानिसहरू एकसाथ बसेको औं गीता पाठ गरिरहेको दृश्य कोलकाताको पहिले कहिलेपनि देख्न पाइएन। महिलाहरूले साड़ी लगाएर आएका थिए जबकि अधिकांश पुरूष धोती कुर्ताको पारम्परिक परिधानमा मैदानमा गीता पाठ गरिरहेका थिए।
हिन्दुस्थान समाचार/भवानी
