करीमगंज, 09 जनवरी (हि.स.)। करीमगंजमा 100 करोड़ रूपियाँ मूल्यको ड्रग्सको साथ चार तस्करलाई पक्राउ गरियो। पुलिस अनुसार, ड्रग्स विरूद्ध अभियानमा यो एक ठूलो जित हो।
असम पुलिसको डीआईजी पार्थसारथी महन्त र करीमगंजका पुलिस अधीक्षक पार्थ प्रतिम दासको नेतृत्वमा स्पेशल टास्क फोर्स र करीमगंज पुलिसको संयुक्त अभियानमा आज नीलामबजार थाना अन्तर्गत सुप्राकान्दीमा भारी मात्रामा ड्रग्स जफत गरियो। कूल 5.10 किलो हेरोइन, 64 हजार याबा गोली र विदेशी सिगरेटका चार प्याकेट जफत गरिएको छ।
पुलिसले यी नशालु दवाईहरूको साथ चार जनालाई पक्राउ गरेको छ। उनीहरूको पहिचान करीमगंज निवासी नूर अहमद र मिजोरमको थेनजोल निवासी ज़ोसाङलियानी, रामनघेका र लालचमलियानाको रूपमा गरिएको छ। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले ड्रग्स जफत गर्नका लागि सोशल मीडियाको माध्यमले असम पुलिसलाई बधाई दिएका छऩ्।
हिन्दुस्थान समाचार/भवानी
