
– परिवारका दुईजना सदस्यको अवस्था गम्भीर, अस्पतालमा उपचाराधिन
अमरोहा, 10 जनवरी (हि.स.)। उत्तर प्रदेशको अमरोहा जिल्ला अधिनस्थ सैदनगली थाना क्षेत्रमा कठ्याङ्ग्रिने जाड़ोदेखि बच्नका लागि कोठामा राती अँगेठी बालेर सुतेका एक परिवारका पाँचजना सदस्यहरूको निसास्सिएर मृत्यु भएको छ भने दुईजनाको अवस्था गम्भीर छ।
अल्लीपुर गाउँको भूड़ उपनाम ढक्का मोड़ निवासी रहीसुद्दीनले ट्रक चलाएर आफ्नो परिवार धान्ने गर्दछन्। तिनको परिवारमा पत्नी हुस्नजहाँ, छोरी सोनम, जेठा छोरा ब जैद र कान्छा छोरा माहिर छन्। धनौरा निवासी साढ़ू आस मोहम्मदले बताए, केही दिनअघि तिनकी पत्नी छोरी कशिशसित रहीसुद्दीनको घरमा गएका थिए। सिहाली निवासी रहीसुद्दीनको सालो रियासत जागीर र तिनकी छोरी महक महक पनि रहीसुद्दीनको घरमा आएका थिए। जबकि रहीसुद्दीन चार दिनअघि ट्रक लिएर काशीपुर गएका थिए। यसबीच गए राती कठ्याङ्ग्रिने जाड़ोदेखि बच्नका लागि यिनीहरू सबै अँगेठी बालेर सुतेका थिए। बुधवार बिहान रहीसुद्दीनले कुशल-मङ्गल सोध्नका लागि पत्नीलाई फोन गरे। कैयौं पटक फोनको घण्टी बच्दा पनि पत्नीले फोन नउठाएपछि उसले आफ्नो भाइ गबरूलाई फोन गरेर आफ्नो घरमा पठाए।
देवर गबरूले घरमा पुगेर कैयौं पटक ढोका ढकढकाउँदा पनि भित्रबाट कुनै प्रतिक्रिया आएन। त्यसपछि वरपरका छर-छिमेकहरू त्यहाँ भेला भए। गबरू छिमेकीहरूलाई लिएर घरको छतबाट घरभित्र पसे। घरभित्र सबैजना बेहोस भएका थिए भने कोठा धुँवाले भरिएको थियो। तत्काल पुलिसलाई सूचित गरियो। हतार-हतार सबैलाई अस्पतालमा पुऱ्याइयो जहाँ डाक्टरहरूले रहीसुद्दीनकी पत्नी हुस्नजहाँ र सालो रियासतको अवस्था गम्भीर रहेको अनि अन्य पाँचजनाको मृत्यु भइसकेको बताए। घटनाको जानकारी पाउनसाथ जिल्लाधिकारी राजेश कुमार त्यागी औ पुलिस अधीक्षक कुँवर अनुपम सिंह घटनास्थलमा पुगे। पुलिसले फरेन्सिक टीमसित मिलेर अँगेठी बालेको कोठाको निरीक्षण गऱ्यो।
एसपी अनुसार सुतैको अवस्थामा यिनीहरू धुँवाले निसास्सिए। यदि नसुतेको भए यिनीहरूले अवश्य पनि घरदेखि बाहिर निक्लेर आफ्नो ज्यान बचाउने प्रयास गर्थे। यो घटना गत सोमवार रातको हो। सम्पूर्ण परिवार मङ्गलवार दिनभरि कोठामा थिए जसको बारेमा छिमेकीहरूले सुइँको समेत पाएऩन्।
हिन्दुस्थान समाचार/उष्णता
