कछार (असम), 7 जुलाई (हि.स.)। कछार पुलिसले नशा विरोधी कारबाहीलाई तीव्रता दिँदै अलग-अलग अभियानहरूमा प्रचुर मात्रामा मादक पदार्थ जफ्त गरेको छ।
कछारका पुलिस अधीक्षकले सोमवार बताए, पहिलो कारबाही कछार जिल्लाको काछुदराम थाना क्षेत्र अन्तर्ग डिडारकुश पार्ट-IV गाउँमा गरियो जहाँ सनथाय सिंंघा नामक व्यक्तिबाट 14.340 किलोग्राम गाँजा जफ्त गरियो। स्वतन्त्र साक्षीहरूको उपस्थितिमा गाँजा जफ्त गरियो।
यसरी नै दोस्रो कारबाही बरखोला थाना अन्तर्गत बाला छेरा टोलगेट, सिलचर-डिमा हासाओ रोड (एनएच-27)-मा गरियो। नियमित नाका जाँच अवधि एएस- 02एआर 1545 नम्बरधारी सेतो रंगको बलेनो वाहनलाई रोकियो जसमा चारजना (तीन पुरूष र एक महिला)-मानिसहरू सवार थिए जसको पहिचान इकरामुल इस्लाम (30), नजमुल उद्दीन (25), इस्माहिल (39) तथा लीलिमा खातून (36)- को रूपमा गरिएको छ।
यिनीहरूको कब्जाबाट दशवटा साबुनदानीभित्र सेतो-गेरूवा रंगको पाउडर जसलाई ड्रग डिटेक्शन किटबाट जाँच गर्दा हेरोइन साबित भयो, 108 ग्राम जफ्त गरियो। जफ्तीको प्रक्रिया स्वतन्त्र गवाहरूको उपस्थितिमा तथा भीडियोग्राफीको साथमा पूरा गरियो।
जफ्त गरिएको मादक पदार्थहरूको अनुमानित मूल्य लगभग 70 लाख रुपियाँ रहेको बताइएको छ। पुलिसले मामिलाको गहन जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
