गान्तोक, 19 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले शुक्रवार बिहान आफ्नो आधिकारिक आवासमा पीएम श्री सरकारी उच्चतर माध्यमिक विद्यालय, मङ्गनका प्रधानाध्यापक कर्म टेम्पो इथेन्पासॅंग भेट गरे। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।
मुख्यमन्त्रीले प्रतिष्ठित राष्ट्रिय शिक्षक पुरस्कार 2025 ले सम्मानित पीएम श्री सरकारी उच्चतर माध्यमिक विद्यालय, मङ्गनका प्रधानाध्यापक कर्म टेम्पो इथेन्पासॅंग आज बिहान भेट भएको जानकारी गराएका छन्। उनले प्रधानाध्यापक इथेन्पालाई यस उल्लेखनीय उपलब्धीको लागि बधाई दिॅंदै शिक्षाको महान कार्य र युवा मस्तिष्कलाई आकार दिने उनको निरन्तर समर्पणको लागि शुभकामना व्यक्त गरे।
हिन्दुस्थान समाचार / बिशाल
