गुवाहाटी, 1 जनवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले केन्द्रिय मन्त्री ज्योतिरादित्य एम सिन्धियालाई उनको जन्मदिनको अवसरमा उनलाई शुभकामना दिएका छन्।
मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया एकाउन्टमा सन्देश जारी गरी भने, सिन्धियाले उत्तर-पूर्व क्षेत्रमा कनेक्टिभिटीलाई सशक्त बनाउन अनि समग्र विकासलाई गति दिनमा महत्वपूर्ण भूमिका निभाइरहेका छन्। उनका प्रयासहरूबाट बुनियादी ढाँचाको विकाससँगसँगै क्षेत्रको सर्वाङ्गीण उत्थान भइरहेको छ। डा. सरमाले माँ कामाख्या र महापुरूष श्रीमन्त शंकरदेवसित केन्द्रिय मन्त्रीको उत्तम स्वास्थ्य अनि दीर्घायु जीवनको कामना गर्दै भने, उनले माँ भारतीको सेवामा यसै समर्पण भावले काम गरिरहुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
