बाँकुड़ा, 01 जनवरी (हि. स.)। नववर्ष 2026- को पहिलो दिन बिहीवार बाँकुड़ा जिल्लाका प्रमुख पर्यटन स्थलहरूमा पर्यटकहरूको व्यापक भीड़ देख्न पाइयो। वर्षको शुरूआती दिनलाई स्मरणीय बनाउनको लागि ठूलो संख्यामा मानिसहरू आफ्ना परिवार अनि मित्रहरूको साथमा कोड़ो पहाड़, विष्णुपुरको ऐतिहासिक रासमञ्च, मुकुटमणिपुर, कदमदेउली र शुशुनिया पहाड़मा पुगे।
बिहानदेखिकै यी पर्यटन केन्द्रहरूमा चहल-पहल शुरू भयो। विशेष गरी विष्णुपुरको रासमञ्च र टेराकोटा मन्दिर वरपर पर्यटकहरूको उपस्थितिले उत्सव जस्तै माहोल बनियो। अर्कोतिर मुकुटमणिपुरको बाँध र झील किनारमा मानिसहरूले प्रकृतिको सुन्दरताबीच नयाँ वर्षलाई स्वागत गरे। शुशुनिया र कोड़ो पहाड़मा ट्र्याकिंग तथा पहाड़ी दृश्को आनन्द लिनेहरूको संख्या पनि उल्लेखनीय रह्यो।
पर्यटकहरूको बढ़्दो भीड़लाई मध्यनजर गर्दै प्रशासनद्वारा सुरक्षा एवं यातायात व्यवस्थाको विशेष व्यवस्था गरिएको थियो। प्रमुख मार्गहरूमा पुलिसलाई तैनाथ गरियो भने पार्किंग व्यवस्थालाई पनि सुव्यवस्थित गरियो।स्थानीय दोकानदार र होटल व्यवसायीहरूको अनुहारमा खुशी स्पष्ट रूपमा झल्किरहेको थियो, किनभने नयाँ वर्षको शुरूदेखि नै व्यापार राम्रो भयो।
पर्यटकहरूको भनाइ छ, बाँकुड़ाको प्राकृतिक सुन्दरता अनि ऐतिहासिक धरोहरहरू नयाँ सालको शुरूआतको लागि आदर्श स्थान हुन्। वर्षको पहिलो दिन जिल्लाका पर्यटन स्थलहरूमा उर्लिएको भीड़ले यो स्पष्ट पाऱ्यो कि वर्ष 2026-मा पनि बाँकुड़लेा पर्यटनको नक्सामा आफ्नो विशेष पहिचानलाई कायम राख्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
