सिलगढ़ी, 28 दिसम्बर (हि.स.)। सिलगढ़ी महकुमाको नक्सलबाड़ीमा अवैध रूपमा बलुवा लोड गरिएको ट्रेक्टरको साथ पुलिसले चालकलाई पक्राउ गरेको छ। पक्रा परेको ट्रेक्टर चालकको नाम नक्सलबाड़ीको चनापट्टी निवासी दिलीप महतो बताइएको छ।
नक्सलबाड़ी पुलिस सूत्रहरू अनुसार, बिहानै अटल क्षेत्रको चेङ्गा नदीबाट अवैध रूपमा बलुवा लिएर गइरहेको एउटा ट्रेक्टरलाई रोकियो। जब ट्रेक्टर चालकबाट बलुवासित सम्बन्धित कागजपत्रको माग गरियो तब उसले देखाउन सकेन। जसपछि वैध कागजपत्र नदेखाएको कारण ट्रेक्टरलाई जफत गरी चालकलाई पक्राउ गरियो। ट्रेक्टर चालक विरूद्ध अघिको कारबाही शुरू गरिएको छ।
हिन्दुस्थान समाचार/भवानी
