आइजोल, 20 अगस्त (हि.स.)। मिजोरममा प्रतिबन्धित ड्रग्स विरूद्ध अभियान जारी राख्दै असम राइफल्सले ठूलो सफलता हासिल गरेको छ। असम राइफल्सले मंगलवार सोशल मीडियामा जारी एक बयानमा बतायो, गोप्य सूचनाको आधारमा अभियान चलाएर असम राइफल्सले मिजोरमको जोखावथार क्रसिङ पोइन्ट क्षेत्रबाट 70 हजार नशालु पदार्थ याबा तथा मेथाफेटामाइन ट्याबलेट जफत गऱ्यो।
जफत गरिएको ट्याबलेटको ओजन 6.86 किलो बताइएको छ। यस नशालु पदार्थको अन्तरराष्ट्रिय कालो बजारमा मूल्य लगभग 21 करोड़ बताइएको छ। असम राइफल्सले जफत गरिएको ट्याबलेटलाई पछि कानूनी कारबाहीको निम्ति आइजोलको नार्कोटिक्स कन्ट्रोल ब्यूरोलाई सम्प्यो। यद्यपि, यस सम्बन्धमा कसैलाई पनि पक्राउ गरिएको छैन।
हिन्दुस्थान समाचार / भवानी थामी
