
नयॉं दिल्ली, 02 जनवरी (हि.स.)। केन्द्र सरकारको नयॉं हिट एण्ड रन कानुनको विरोधमा ट्रक चालकहरूको देशव्यापी हड़ताल मंगलवार पनि जारी छ। यस कानुनको विरोधमा वाहन चालकहरूको हड़तालको आज दोस्रो दिन हो। राजधानी नयॉं दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, बिहार, उत्तराखण्ड, हिमाचल प्रदेशसहित धेरै राज्यहरूमा हड़तालको प्रभाव देखिॅंदैछ।
वाहन चालकहरूको देशव्यापी हड़ताल हिट एण्ड रन कानुनमा सजायलाई कठोर गरिएको विरोधमा हो। अधिकांश चालकहरूले उक्त कानुन फिर्ता लिनु पर्ने माग गरिरहेका छन्। आन्दोलनकारीहरूले मुम्बईदेखि लिएर इन्दौर, दिल्ली—हरियाणा र यूपीका विभिन्न ठाउॅंहरूमा ट्रक रोकेर सडक जाम गरेका छन्। ट्रक चालकहरूको हड़तालका कारण पेट्रोल पम्पहरूमा लामो लाइन देखिन थालेको छ।
वास्तवमा, नयॉं कानुन अन्तर्गत यदि कुनै बस, ट्रक वा डम्पर चालकले कसैलाई चेप्टाउॅंछ भने उसलाई 10 सालको जेल र सात लाख रूपियॉंको जरिमाना हुन सक्छ। यस कारण वाहन चालकहरूले यस कानुनको विरोधमा देशका अधिकांश राज्यहरूमा हड़ताल शुरू गरेका छन्।
हिन्दुस्थान समाचार/बिशाल
