मोरीगाउँ (असम), 20 अगस्त (हि.स.)। फेरि एकपटक मोरीगाउँ जिल्ला जेलबाट दुईजना बन्दीहरू भागेको मामिला प्रकाशमा आएको छ। घटना बारे जानकारी पाउनसाथ जिल्ला पुलिस अधीक्षकले जेलमा पुगेर जाँच आरम्भ गरे। बुधवार बिहान लगभग 10 बजी घटनाको सम्बन्धमा जानकारी साझा गर्दै पुलिस अधीक्षकले भने, अपराधीहरूको धरपकड़को लागि अभियानलाई तीव्रता दिइएको छ।
जेलबाट भाग्ने अपराधीहरूको पहिचान जियारूल इस्लाम र सुभ्रत सरकारको रूपमा भएको छ। जियाउल इस्लाम पहिला पनि जेलबाट भागिसकेको छ। सुभ्रत र जियारूल दुवैले नै पोक्सो मामिलामा कारावसको सजा भोगिरहेका छन्। वर्तमानमा मोरीगाउँका वरिष्ठ पुलिस अधीक्षकको नेतृत्वमा जाँच शुरू गरिएको छ।
उल्लेखनीय छ, पछिल्लो वर्षको 11 अक्टोबरको राती लुंगी, कम्बल प्रयोग गरी पाँचजना अपराधीहरूले भाग्ने योजना बनाएका थिए। जियारूल इस्लामले पोक्सो मामिलामा थप 20 वर्ष, जेलबाट भागेको अपराधमा 5 वर्ष गरी 25 वर्षको सजाय भोगिरहेको थियो भने सुभ्रतले पोक्सो मामिलामा 20 वर्षको सजाय भोगिरहेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
