
नयाँ दिल्ली, 12 दिसम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-ले कङ्ग्रेस सांसदको कथित क्याशकाण्डलाई लिएर निरन्तर प्रहार गरिरहेको छ। मङ्गलवार यहाँ आयोजित एक पत्रकार सम्मेलनमा केन्द्रियमन्त्री किरेन रिजिजूले कङ्ग्रेसमाथि तीव्र प्रहार गरे।
उनले भने, यस पार्टी (कङ्ग्रेस)-को नाम करप्शन पार्टी हुनुपर्छ। कङ्ग्रेस अनि यसको गठबन्धन आईएनडीआईएका केही नेताहरू भ्रष्टाचारमा लिप्त छन् जसमध्ये कतपिय जेलमा थुनिएका छन् भने कतिपय जमानतमा बाहिर आएका छन्।
केन्द्रियमन्त्री रिजिजूले मोदीको ग्यारण्टी मानिसहरूको सेवा गर्ने ग्यारण्टी हो। भ्रष्टाचारीहरूलाई नङ्ग्याउने ग्यारण्टी हो। कङ्ग्रेस भ्रष्टचारीहरूको साथमा छ। किरेन रिजिजूले धीरज साहूसित राहुल गान्धीको निकटताको उल्लेख गर्दै भने, कङ्ग्रेसले क्याशकाण्डमा जवाफ दिनुपर्छ।
उनले भने, यस मामिलामा कङ्ग्रेस नेता राहुल गान्धी, सोनिया गान्धी सहित केही समयअघि गठित विपक्षी गठबन्धनका सबै नेताहरू मौन छन्। कङ्ग्रेसको नीति नै लुट र अरूलाई पनि लुट्न देउ हो। रिजिजूले भने, प्रधानमन्त्री नरेन्द्र मोदी कङ्ग्रेससित सम्बन्धित भ्रष्टाचाररूपी रोगलाई निको बनाउने ग्यारण्टी लिएर आएका छन्।
हिन्दुस्थान समाचार/उष्णता
