
भुवनेश्वर, 16 सेप्टेम्बर (हि.स.)। केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीलाई जन्मदिनको बधाई दिएका छन्। उनले मुख्यमन्त्रीको स्वस्थ र दीर्घायु हुने कामना पनि गरे।
मन्त्री धर्मेन्द्र प्रधानले सोशल मीडियाको माध्यमले लेखेका छन्, देवभूमि उत्तराखण्डको विकासलाई समर्पित मुख्यमन्त्री पुष्कर सिंह धामीलाई जन्मदिनको हार्दिक शुभकामना। प्रधानमन्त्री मोदीको नेतृत्व र तपाईको कुशल क्रियान्वयनमा उत्तराखण्डले पारदर्शी शासन र विकासोन्मुख नीतिहरूको एक नयाँ अध्याय लेखेको छ। तपाईको कार्य़शैलीले उत्तराखण्डको भावी पीढ़ीहरूका लागि उज्जवल र सशक्त भविष्यको मार्ग प्रशस्त गरिरहेको छ। ईश्वरसित तपाईलाई स्वस्थ, दीर्घायु र निरन्तर ऊर्जाले परिपूर्ण राख्ने र तपाईले देवभूमिलाई अझ् अधिक शिखरहरूसम्म लैजाने प्रार्थना छ।
हिन्दुस्थान समाचार / भवानी थामी
